अमेरिकाले यमनमा हुथी विद्रोहीलाई आक्रमण गर्यो
अमेरिकाले यमनमा हुथी विद्रोहीलाई आक्रमण गर्यो
    • बेल संचार

    • ७ पुष २०८१, आईतवार

काठमाडौं ।

अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोहीका स्थानमा आक्रमण गरेको छ। अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो।

अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमणको पुष्टि गर्दै लाल सागरमा हुथी विद्रोहीका ड्रोन र एक एन्टी-शिप क्रुज मिसाइललाई खसालेको जनाएको छ।

इजरायलमाथि हुथी विद्रोहीले आक्रमण गरेपछि अमेरिकाले पछिल्लो दुई दिनमा दोस्रोपटक आक्रमण गरेको हो।

यो आक्रमणबाट भएको क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन, तर कम्तीमा १६ जना मानिस घाइते भएको समाचार छ।

हुथी विद्रोहीहरुले शनिबार इजरायलको तेल अविवमा एक ब्यालेस्टिक मिसाइलमार्फत हमला गरेका थिए, जसबाट दर्जनौं व्यक्तिहरू घाइते भएका थिए।

हुथी इरान समर्थित विद्रोही समूह हो र यसले यमनको उत्तरपश्चिम क्षेत्रमा नियन्त्रण राखेको छ।

गत अक्टुबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि हुथीले इजरायलमाथि आक्रमण गर्न थालेका छन्। हुथी विद्रोहीका नेताहरुले प्यालेस्टिनी र आफूहरू एकजुट रहेको बताउँदै आएका छन्।

साताकाे चर्चित
सम्बन्धित