प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल
प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल
    • बेल संचार

    • ९ पुष २०८१, मंगलवार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीबीच शिष्टाचार भेट सम्पन्न भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको यस भेटमा दुई पक्षीय सम्बन्धहरूलाई थप सुदृढ पार्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटका क्रममा व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति लगायतका क्षेत्रहरूमा सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्नेबारे कुराकानी भएको थियो।

प्रधानमन्त्री ओलीले भेटमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपालले अध्यक्ष मुलुकका रूपमा पहल गरिरहेको र यसमा सहभागी मुलुकहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। उनले दुई देशबीच आपसी समस्या भए पनि त्यसले सार्कजस्ता क्षेत्रीय संगठनमा नकारात्मक प्रभाव पर्न नहुने धारणा राख्दै, “सबैसँग मित्रता, कसैसँग शत्रुता छैन” भन्ने भावनाका साथ नेपालले न्यायसंगत राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको बताए।

यस अवसरमा राजदूत हस्मीले पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न आफ्नो देश तयार रहेको जानकारी गराउँदै नेपालसँग विविध विषयहरूमा थप सहकार्य गर्न उत्सुक रहेको बताए।

साताकाे चर्चित
सम्बन्धित