हिमाली जिल्लामा जाडाे बडेसँगै स्वास्थ्यमा समस्या, प्रमुख जगत जिसी
हिमाली जिल्लामा जाडाे बडेसँगै स्वास्थ्यमा समस्या, प्रमुख जगत जिसी
    • उमेश बुढा

    • ९ पुष २०८१, मंगलवार

जुम्ला

हिमाली जिल्लाहरूमा चिसो बढ्दै जाँदा विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन् । नराकोट स्वास्थ्य चौकीका प्रमुख जगत जिसीका अनुसार जाडो मौसममा विशेषगरी श्वासप्रश्वास र हाडजोर्नी सम्बन्धी समस्या व्यापक देखिने गर्दछ। चिसोका कारण ब्याक्टेरिया र भाइरस झन् सक्रिय हुने हुँदा यस्तो समस्या देखिने उहाँले बताउनु भयो।

प्रमुख जिसीले जाडोमा इन्फ्लुएन्जा र भाइरसका कारण रुघाखोकी, घाँटी दुख्ने, पिनास, र टन्सिलजस्ता समस्या सामान्यतया देखिने जानकारी गराउनुभयो। त्यस्तै, हाडजोर्नी र नसा च्यापिने समस्याले पनि बिरामीहरू स्वास्थ्य चौकीमा आउने क्रम बढेको उहाँले बताउनु भयो।

जाडोमा प्रायः देखिने स्वास्थ्य समस्या

  1. रक्तचाप वृद्धि: चिसोका कारण रगतका नली खुम्चिने हुँदा रक्तचाप बढ्ने समस्या देखिन्छ।
  2. ज्वरो र रुघाखोकी: चिसोले प्रतिरोध क्षमता कमजोर बनाउँछ, जसले संक्रमणको जोखिम बढाउँछ।
  3. हाडजोर्नी र मांसपेशी दुखाइ: चिसोले जोर्नी र मांसपेशी कठोर बनाउँछ, विशेष गरी वृद्धवृद्धामा।
  4. छाला समस्या: चिसो हावाले छाला सुक्खा, फाट्ने, र चिलाउने समस्या निम्त्याउँछ।

बढी जोखिममा पर्ने व्यक्तिहरू

  • बृद्धवृद्धा: उमेर बढेसँगै शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमता कमजोर हुने।
  • साना बालबालिका: प्रतिरोध क्षमता कम भएकाले।
  • दीर्घ रोगी: हृदय रोग, मधुमेह, र अस्थमा भएका मानिस।
  • गर्भवती महिला: संवेदनशील प्रतिरोध क्षमता।
  • गरिब तथा बेघर व्यक्ति: न्यानो कपडाको अभावका कारण।

चिसोबाट बच्न अपनाउनुपर्ने उपायहरू

  1. तातो कपडा लगाउने: न्यानो ज्याकेट, स्वेटर, पन्जा, टोपी प्रयोग गर्ने।
  2. घरभित्र न्यानो राख्ने: कोठामा हिटर वा आगो बाल्ने, हावा छिर्ने छिद्र टाल्ने।
  3. तातो खानेकुरा खाने: सुप, झोल, अदुवाको चिया, र प्रोटिनयुक्त आहार लिने।
  4. पर्याप्त पानी पिउने: शरीरलाई हाइड्रेटेड राख्न।
  5. बिहान र राति चिसोमा बाहिर ननिस्कने।
  6. व्यायाम गर्ने: रक्तसञ्चार सुधार गर्न हल्का व्यायाम गर्ने।
  7. मास्क र टोपी प्रयोग गर्ने: अनुहार र टाउकोलाई चिसो हावा र हिमपातबाट जोगाउने।

प्रमुख जिसीले यी उपायहरूको पालना गरेमा जाडो मौसममा हुने स्वास्थ्य समस्याबाट बच्न सकिने बताउनुभयो। हिमाली क्षेत्रमा चिसोको प्रभाव गम्भीर हुने भएकाले, सबैले विशेष सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ।

साताकाे चर्चित
सम्बन्धित