काठमाडौं
१७औं वर्षमा नेपालको नम्बर वान ब्युटी सैलुन ंफेसियल हाउसं ंअ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशनं नाराका साथ आजभन्दा १६ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस आजदेखि १७औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी आफ्नो १७औं वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यतामा आज अर्थात पुस १० गते बुधबार वार्षिकोत्सव मनाइएको हो । सो समारोहमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठ, ओमन कम्युनिटी यूएनआई- ओएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश जंग रायमाझी, नेपाल ब्युटीसियन एसोसिएशनकी महासचिव शशी शाहलगायत अतिथि हुनुहुन्थ्यो । फेसियल हाउसकी सञ्चालक एवम प्रबन्ध निर्देशक सुष्मा महराको सभापतित्वमा आयोजित वार्षिकोत्सव समारोहमा फेसियल हाउसका संरक्षक एवम वरिष्ठ पत्रकार उज्वलजंग शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा संस्थाका २६ जना कर्मचारीलाई उहाँहरूको कामको आधारमा विभिन्न शीर्षकमा अवार्ड प्रदान गरिएको छ भने ४३ जना कर्मचारीलाई टोकन अफ लभ प्रदान गरियो । यस्तै, उत्कृष्ठ शाखा, शाखाका उत्कृष्ठ कर्मचारी र आफ्ना पाँच जना विद्यार्थीलाई पनि अर्वाड प्रदान गरिएको छ । यसैगरी फेसियल हाउसलाई विभिन्न कोणबाट सहयोग पुऱ्याउने महालक्ष्मी इम्पेक्स, सलुन सप्लायर्स, एभाएङ्गा इम्पेक्स, कस्मेटिक्स ट्रेड, मल्टी न्युट्रेशन, कोशिस ट्रेड, टू एनएस सप्लायर्स, स्किन इन्सपायर्ड, न्यू जेएस ट्रेडर्स, फोटोग्राफर कुवेर डङ्गोल र उद्धव रसाइली, कुसुम बुटिककीकी कुसुम श्रेष्ठ, नेभा फेसन बुटिक, हुन्छ डटकम र कार्यक्रम प्रस्तोता राजा राजेन्द्र पोखरेललाई पनि टोकन अफ लभ प्रदान गरियो ।
फेसियल हाउसबारे काठमाडौंको सुनधारास्थित काठमाडौं मलको चौथो तलामा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी र चितवनमा शाखा सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ भने अन्य धेरै ठाउँमा फ्रेन्चाइज ब्रान्चहरूबाट पनि सेवा उपलब्ध भइरहेको छ । फेसियल हाउस मुलुकमा स्वरोजगार बढाउने र शीपयुक्त जनशक्ति उत्पादनमा अग्रसर रहँदै आएको छ । स्वरोजगार बढाउन र शीपयुक्त जनशक्ति उत्पादनका लागि फेसियल हाउसले अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण सञ्चालन गर्दै आएको छ । सञ्चालित प्रशिक्षणबाट उत्पादिन शीपयुक्त प्रशिक्षित जनशक्तिहरू आफू स्वरोजगार बन्नाका साथै रोजगारीको खोजीमा विदेश जाँदा पनि शीपयुक्त बनेर जाने गर्नुभएको छ । युवायुवतीहरू विदेसिने क्रमलाई केही हदसम्म रोक्न सकिन्छ कि भनेर फेसियल हाउसले अन्तर्राष्ट्रियस्तरको शीप विकास तालिम तथा प्रशिक्षणहरू समेत नियमित रूपमा सञ्चालन गर्दै आइरहेको छ । यसले दक्ष जनशक्ति उत्पादनमा मद्दत पुगिरहेको छ । फेसियल हाउसले प्रतिवर्ष २५० जनासम्मलाई तालिम तथा प्रशिक्षण दिँदै आएको छ । फेसियल हाउसबाट सौन्दर्यकलासम्बन्धी शीपमूलक तालिम लिएका विद्यार्थीहरूलाई दिक्षित समेत गर्दै आएको छ ।
नेपालमानयाँ सौन्दर्य प्रविधिहरू भिर्त्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, व्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ । यसैगरी, फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरू प्रयोग गर्ने फेसियल हाउसले चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको छ । यसैगरी, नेपालीहरूको छाला र कपाललाई दृष्टिगत गर्दै चीन, कोरिया, मलेसिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरूसँग सहकार्य गरेर हर्वल ब्युटी, हेयर कस्मेटिक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिँदै आएको छ । केही समयभित्र नेपालमा नै हर्वल कस्मेटिक उत्पादन गर्ने लक्ष्य फेसियल हाउसको छ । फेसियल हाउसले नेपालको नम्बर वान ब्युटीसैलुनलगायत विभिन्न सम्मान तथा अवार्डहरू समेत पाइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेकाले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा हामी सचेत गराउन चाहान्छौं । सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।
वरिष्ठ सौन्दर्यविद सुष्मा महराबारे सुष्मा महरा वरिष्ठ सौन्दर्यविदका रूपमा नेपाली सौन्दर्य व्यवसायमा परिचित नाम हो । विगत २६ वर्षदेखि सौन्दर्यकला क्षेत्रमा लागेर महत्वपूर्ण अनुभव हासिल गर्नुभएकी उहाँले आफ्नो अनुभव र विज्ञतामार्फत समाजमा महिला हकहित तथा रोजगारीको क्षेत्रमा काम गर्दै आउनुभएको छ । १६ वर्षअघि युनिसेक्स ब्यूटी पार्लर फेसियल हाउस स्थापना गरी देशका विभिन्न सहरहरूमा शाखाहरू खोलेर सेवा दिँदै आउनुभएकी उहाँ नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंको सचिव समेत बन्नुभएको छ । यस्तै, कर्पोरेट मिडिया हाउसको उपाध्यक्ष तथा नेपाल ब्युटिसियन संघको आजीवन सदस्य रहनुभएकी उहाँ आफूले स्थापना गरेको व्यवसायमार्फत नेपालका सबै वर्गका मानिसहरूले सेवा लिनसक्ने वातावरणमा उच्चस्तरीय प्रडक्ट प्रयोग गरिनाका साथै औजारहरू निर्मलीकरणपछि मात्रै पुनः प्रयोग गर्ने गरिएको छ । ंसेवा नै धर्म हों भन्ने भनाइलाई आत्मसाथ गर्ने उहाँ नयाँ-नयाँ प्रविधिको प्रयोगमार्फत आफू पनि थप नयाँ सिक्ने र समाजलाई पनि सिकाउँदै जाने कार्यमा रुची राख्नुहुन्छ ।