म्याग्दीमा टिपर दुर्घटना, दुई भारतीय मजदुरको मृत्यु
म्याग्दीमा टिपर दुर्घटना, दुई भारतीय मजदुरको मृत्यु
    • बेल संचार

    • ११ पुष २०८१, बिहीबार

म्याग्दी ।

म्याग्दीमा निर्माणाधीन राहुघाट हाइड्रोपावर परियोजनाको टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा भारतका ३३ वर्षीय दशरथ यादव र ४० वर्षीय सहचालक शत्रुधन रजकको मृत्यु भएको म्याग्दी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

भारतीय नम्बर प्लेटको डीपी २ ए ७५६८ टिपर पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतक दुवै जना राहुघाट हाइड्रोपावर परियोजनामा काम गरिरहेका मजदुर रहेको र घटनाले हाइड्रोपावर निर्माण कार्यमा शोकको वातावरण सृजना गरेको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित