काठमाडौँ ।
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ। बिहीबार आयोजित बैठकमा अर्थ समितिले उक्त विधेयकलाई पारित गरेको हो।
सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरिएको छ, जसले साना व्यापारीहरूको लागि कारोबारलाई सुरक्षित बनाउने प्रावधान राखेको छ। अर्थ समिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विस्तृत छलफल भएको र यसले साना घरायसी भैँसी, बाख्रा किनबेचदेखि अन्य कारोबारलाई समेत सुरक्षित बनाउन मद्दत गर्ने बताए।
समितिले विधेयक पारित गर्दा यसको कार्यान्वयनले साना व्यापारीलाई फाइदा पुग्ने र उनीहरूको कारोबारलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।
विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने प्रावधान राखिएको छ। दफा ८ को उपदफा १ मा सामान्य त्रुटि भएपनि भन्ने शब्दहरूको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भएपनि भन्ने शब्द राखेर विधेयक पारित गरिएको छ।