काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक पुस १९ देखि २१ गतेसम्म बस्ने गरी आह्वान गरेको छ।
शुक्रबार साँझ बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। बैठकमा पार्टीका आगामी कार्यदिशा, रणनीति, र संगठनात्मक सुदृढीकरणका विषयमा छलफल हुनेछ।
यसैगरी, सचिवालय बैठकले अधिवक्ता कमलप्रसाद पोखरेल (नवलपरासी) र हरिचन्द्र भट्टराई (ताप्लेजुङ)लाई मनोनीत गरेको छ।