डाँडाथोक युँरी तमु समाज काठमाडौको ल्होसार महोत्सव सम्पन्न
डाँडाथोक युँरी तमु समाज काठमाडौको ल्होसार महोत्सव सम्पन्न
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

काठमाडौ

डाँडाथोक युँरी तमु समाज काठमाडौको शुभकमना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा विभिन्न व्यत्तित्वहरुले ल्होसारको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा सोफा हव काठमाडौंका प्रमुख एवं सोफा उत्पादक संघ नेपालका अध्यक्ष तारा लाल धरेलले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागतको रुपमा गुरुङ्ग (तमु) जातिले मनाउने ल्होसार पर्वको अवसरमा सु-स्वास्थ्य एवं दीर्घायूको कामना व्यक्त गरेका छन्। उनले नेपालको राष्ट्रियता, धर्म संस्कृति र विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रिय मेरुदण्डका रुपमा आत्मसात गर्न जोड दिए ।

नेपाल विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेष-भुषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै अगाडि बढ्न् आजको आवश्यकता भएको उनले बताए । समाज सेवी तथा भिक्टोरियन भेन्यु होटलका प्रबन्ध निर्देशक खुशी गुरुङ्गले ल्होछार जस्ता पर्वले छहरिएर रहेका विभिन्न जात जाती, धर्म सँस्कृतिलाई जगेर्ना गर्नुका साथै सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई एकता सद्भाव कायम राख्ने मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष आनन्द राम गुरुङ्गले सबैको सहयोग र सद्भावले शुभकमना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भइएको बताउँदै आगामी दिनमा पनि यस्ता किसिमको सहयोग प्राप्त भएमा समाजलाई वभिन्न कार्यक्रम सँगै अन्य कार्यक्रम गर्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गुरुङ समुदायको विभिन्न कला, सँस्कृती झल्कने कलाकारहरुको बेजोड प्रस्तुति गीत संगीत, नृत्य प्रस्तुत गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित