काठमाडाैं ।
कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५:०९ बजे महसुस गरिएको हो।
पछिल्लो समय पश्चिम नेपालमा लगातार साना भूकम्पहरू गइरहेका छन्। यस्ता भूकम्पले क्षेत्रको भूगर्भीय गतिविधिमा वृद्धि भएको संकेत गरेका छन्।
विज्ञहरूका अनुसार साना भूकम्पले ऊर्जा निष्कासन गर्न मद्दत गर्न सक्छन्, तर ठूलो भूकम्पको संभावना अझै रहन्छ।
यस क्षेत्रका नागरिकलाई सतर्क रहन र आपत्कालीन तयारीका उपायहरू अपनाउन सुझाव दिइएको छ।