दक्षिण कोरियामा विमान दुर्घटना, ६४ जनाको मृत्यु
दक्षिण कोरियामा विमान दुर्घटना, ६४ जनाको मृत्यु
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

काठमाडौं ।

दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाग्रस्त विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए। समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनामा ६४ जनाको ज्यान गएको छ भने दुई जनालाई जीवितै उद्धार गरिएको छ।विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको र त्यसपछि आगलागी भएको जनाइएको छ।

विमानमा रहेका दुई जना थाइल्याण्डका नागरिक थिए भने बाँकी सबै दक्षिण कोरियाली नागरिक थिए।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत अनुसन्धान थालिएको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित