बागलुङ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालनमा आएको छ।
यसबाट निसीखोला, तमानखोला, र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।विसं २०२१ मा दुई कोठाबाट सुरु भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो।
विसं २०६४ मा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्दै सेवा प्रारम्भ गरेको हो।
अस्पतालको पूर्वाधार, उपकरण, र जनशक्ति व्यवस्थापनका लागि रु १२ करोड विनियोजन गरिएको स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उद्घाटन कार्यक्रममा जानकारी गराएका छन्।