सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ : महासचिव पोखरेल
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ : महासचिव पोखरेल
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

महेन्द्रनगर ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने घोषणा गरेका छन्। उनले यो सेन्टर सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्ने दिशामा अग्रसर हुने बताइन्।

महासचिव पोखरेलका अनुसार ‘गभर्मेन्ट रिफर्म सेन्टर’ प्रभावकारी सेवा प्रवाह र सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्नका लागि आवश्यक छ। उनले जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै सो सेन्टरका एकाइ हरेक सरकारी कार्यालयमा स्थापना गर्ने गृहकार्य थालिएको जानकारी दिएका छन्।

महासचिव पोखरेलले दुई ठूला राजनीतिक दल मिलेर गठन भएको सरकार जनताका अपेक्षाहरू पूरा गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाह र मुलुकमा लगानीको वातावरणमा सुधार आएको दाबी गरे।

व शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् ।

प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको अभिमत छ । आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्नेगरी गृहकार्य थालिएको बताए ।

दुई ठूला राजनीतिक दल मिलेर गठन भएको वर्तमान सरकारले जनताका अपेक्षा पूरा हरसम्भव प्रयत्न गरिरहेको बताए । महासचिव पोखरेलले विगतको तुलनमा सार्वजनिक निकायहरूबाट प्रभावकारी ढङ्गले सेवा प्रवाह भएको बताए । साथै उनले मुलुकमा लगानीको वातावरण पनि बनेको बताए ।

साताकाे चर्चित
सम्बन्धित