सोलुखुम्बुमा अत्यधिक चिसोले जनजीवन प्रभावित
सोलुखुम्बुमा अत्यधिक चिसोले जनजीवन प्रभावित
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

सोलुखुम्बु ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेको र अत्यधिक चिसोका कारण जनजीवन कष्टकर भएको छ।

शनिबार बिहान सल्लेरीको तापक्रम माइनस एक डिग्री सेल्सियस मापन गरिएको थियो।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरूलाई बढी समस्या भएको र अस्पतालमा श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीहरूको चाप बढेको छ।

खुम्बु क्षेत्रमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको र चिसोका कारण पानी आपूर्तिमा समस्या भएको छ। पाइपमा पानी जम्न थालेपछि सगरमाथा क्षेत्रको पानी आपूर्ति प्रभावित भएको हो।

चिसोका कारण होटल व्यवसायीहरू समेत जाडो छल्न अन्यत्र गएका छन्, र खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ।

सगरमाथा क्षेत्रको प्रमुख गन्तव्य लुक्लामा विमान उडानमा कमी आएको छ।

पर्यटकीय याममा दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छ वटा मात्र उडान भइरहेको छ।

साताकाे चर्चित
सम्बन्धित