काठमाडौँ
भक्तपुरको साँगामा हेली एभरेस्टको हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडानका क्रममा चरा ठोक्किएपछि हेलिकोप्टरले आकस्मिक अवतरण गर्नुपरेको हो।
लुक्लाबाट काठमाडौँतर्फ आउँदै गरेको उक्त हेलिकोप्टरमा ६ जना यात्रु सवार थिए। चरा ठोक्किएर आकस्मिक अवतरण भए पनि हेलिकोप्टरमा कुनै समस्या नभएको र सबै यात्रु सुरक्षित रहेको प्रवक्ता शेर्पाले जानकारी दिएका छन्।