काठमाडौं ।
सोलुखुम्बु लुक्ला नजिकै सुर्केसम्म पुगेको सडकको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्रलाई जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ २० पुसमा उद्घाटन गरिने तयारी छ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने गाउँपालिकाले जानकारी दिएको छ।
सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्केसम्म सडक मार्गमा गाडी पुर्याइएको छ, जुन लुक्लाबाट नजिक पर्छ।
अब लुक्लामा मौसम अवरुद्ध हुँदा पनि सडक मार्गमार्फत यात्रा गर्न सक्ने विकल्प खुला भएको छ। अहिले सोलुखुम्बु सल्लेरीबाट सुर्केसम्म ट्र्याक खोलिएको छ।