साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ को विन्दुमा बन्द भएको हो। आज बजारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ।
महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने, सर्वाधिक १० प्रतिशतले बढेको छ।