प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सरिक
प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सरिक
    • बेल संचार

    • १४ पुष २०८१, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा सहभागी भएका छन्।

नेकपा एमाले पर्सा जिल्ला कमिटीले आयोजना गरेको उक्त जनसभामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन पनि गरिएको छ।

उन्हेलाई एक सय किलो र ८० किलोका दुईवटा मालाले नागरिक अभिनन्दन गरिएको हो।

पर्सा जिल्ला क्षेत्र नम्बर ३ का सांसद समेत रहेका संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा उनलाई ८० किलोको मालाले अभिनन्दन गरिएको थियो।

त्यस्तै, पार्टी जिल्ला कमिटीको तर्फबाट एक सय किलोको मालाले अभिनन्दन गरिएको पर्सा जिल्ला कमिटी सचिव महेश दासले जानकारी दिए।

पर्साको कार्यक्रम सकेर प्रधानमन्त्री ओली अहिले काठमाडौं फर्कंदैछन्। उनी आजै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अर्को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित