मेलबर्न टेस्टमा अस्ट्रेलियाद्वारा भारतलाई १८४ रनले पराजित
मेलबर्न टेस्टमा अस्ट्रेलियाद्वारा भारतलाई १८४ रनले पराजित
    • बेल संचार

    • १५ पुष २०८१, सोमबार

काठमाडाैं ।

मेलबर्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराउँदै बोर्डर-गावस्कर ट्रफीमा २–१ को अग्रता लिएको छ। अस्ट्रेलियाले जितका लागि ३४० रनको लक्ष्य दिएको थियो, तर भारतीय टोली १५५ रनमै अलआउट भएपछि भारतले १३ वर्षपछि मेलबर्नमा हार बेहोरेको हो।

यो पराजयसँगै भारतको वर्ल्ड टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) को फाइनल पुग्ने आशामा धक्का लागेको छ। अब भारतलाई सिड्नीमा हुने अन्तिम टेस्ट जित्नैपर्ने दबाब छ। यदि भारतले सिड्नी टेस्टमा हार बेहोर्छ वा खेल बराबरीमा टुंगिन्छ भने भारत फाइनल दौडबाट बाहिरिनेछ।

बोर्डर-गावस्कर ट्रफीको अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ। यो खेल भारतका लागि निर्णायक हुनेछ, किनकि जीत मात्र डब्ल्यूटीसी फाइनलमा प्रवेशको लागि भारतको सम्भावना कायम राख्न पर्याप्त हुनेछ।

साताकाे चर्चित
सम्बन्धित