काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमले भेटवार्ता गरेका छन्।
गौतम एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर अध्यक्ष नेपालसँग छलफल गरेका हुन्। भेटवार्तामा मुख्यतः पार्टी एकताबारे छलफल भएको नेताहरूले जनाएका छन्।
गौतमले हाल नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन् र उनले एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ। यस प्रक्रिया अगाडि बढाउन दुबै पक्षका नेताहरू सम्मिलित वार्ता समिति समेत गठन गरिएको छ।
पार्टी एकता प्रयासले आगामी राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।