प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
    • बेल संचार

    • १६ पुष २०८१, मंगलवार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा सरकारले गर्ने नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ।

सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने गर्छ।

तर हिजो सोमबार बैठक नबसेकाले प्रधानमन्त्रीको सचिवालयले आज मंगलबार बैठक बस्ने जानकारी गराएको छ।

साताकाे चर्चित
सम्बन्धित