चितवन ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–१ कासिगाउँमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन्। घाइते हुनेमा ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेका बेला गैँडाले अचानक आक्रमण गरेको थियो।
घाइते दुवैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिएका छन्।