नन्दबक्सगण जुम्लाले कनकासुन्दरी मन्दिरमा सरसफाइ गर्‍यो
नन्दबक्सगण जुम्लाले कनकासुन्दरी मन्दिरमा सरसफाइ गर्‍यो
    • बेल संचार

    • १६ पुष २०८०, सोमबार

जुम्ला

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ मा रहेको कनकासुन्दरी मन्दिरको बाह्य क्षेत्रको नन्दबक्स गण जुम्लाबाट आएको टोलीेले आइतबार सरसफाइ गरेको हो ।

उपसेनानी शिव लामिछानेको कमानमा २५ जना नेपाली सेनाको टोली नन्दबक्स गण जुम्लाबाट आएर धार्मिक स्थल पर्यटक क्षेत्र कनकासुन्दरी मन्दिरको आइतबार पुगेर खाना खानु अगाडि मन्दिरको सेरोफेरोमा दिउँसो २ बजे सम्म सरसफाइ गरेर मन्दिरबाट टोली फर्केर ३ बजे तिर मन्जाउमा खाना खाएको थियो ।

धार्मिक पवित्र स्थल कनकासुन्दरी मन्दिरको वरिपरि स्वच्छ ,सफा सुन्दर चिटिक्क राख्नको लागि सरसफाइ गरेको उपसेनानी लामिछानेले बताए ।

सरसफाइ कार्य गर्दा औजार भने, इलाका प्रहरी चौकी हाट सिँजाले दिएको थियो । र प्रहरी पनि सरसफाइ कार्यमा खटिएका थिए ।

यसरी नेपाली सेना आएर कनकासुन्दरी मन्दिरको सरसफाइ गर्दा हृदय देखि खुसी लागेको छ । र यहाँ आउनु हुने सम्पूर्ण नेपाली सेनाका टिमलाई धन्यवादका साथै कनकासुन्दरी माईले नन्दबक्स गण जुम्ला र सरसफाइ कार्यमा खट्नु हुने सबैको रक्षा गर्नु भनेर मन्दिर समितिका सचिव ताराजङ्ग हमालले बताउनु भयो ।

नेपाली सेना कनकासुन्दरीको मन्जाउमा बसुन्जेलसम्म गास ,वास र अन्य भौतिक कुराको सहयोग गर्न तयार भएको वडा अध्यक्ष धनमासिंह हमालले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित