काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डल मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने ठाउँ भएको बताए ।
धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार मात्र केही मानिस पक्राउ परेको भन्दै उनले भने, ‘निषधित इोत्र घोषणा गरेपछि बल प्रयोग गर्नुपर्यो । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।’
सोमबार धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।