हाम्रो कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न
हाम्रो कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न
    • बेल संचार

    • १७ पुष २०८०, मंगलवार

काठमाडौँ । 

हाम्रो कृषि सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेशका आन्तरिक मामला तथा कानुनमन्त्री गङ्गा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ संचालक समिति समेत गठन गरिएको थियो ।

संचालक समितले विष्णु तिवारीलाई दोस्रो पटक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यससंगै नयाँ संचालक समितिमा अम्बर बहादुर कार्की उपाध्यक्ष,  प्रेमकृष्ण बोयजु सचिव, सीता भट्टराई सहसचिव, तेज बहादुर श्रेष्ठ कोषाध्यक्ष, नवराज घिमिरे, कृष्णराज न्यौपाने, मदन कुमार दाहाल र  कल्पना कटवाल सदस्य चुनिएका छन् ।

त्यस्तै, लेखा सुपरिवेक्षण समितिमा डा. देवेन्द्र प्रसाद अधिकारी संयोजक, गीता न्यौपाने र बलदेव थापा सदस्य तोकिएका छन् ।

साताकाे चर्चित
सम्बन्धित