सिंजा गाउँपालिकामा घाम लागेपछि मात्रै टेलिफोनको नेटवर्क
सिंजा गाउँपालिकामा घाम लागेपछि मात्रै टेलिफोनको नेटवर्क
    • बेल संचार

    • २६ पुष २०८०, बिहीबार

जुम्ला

जुम्लाको सिंजा गाउँ पालिकामा रहेका टेलिफोन टावरका लागी सौर्य ऊजा जडान गरिएको भयता पनि सौर्य ऊजाको क्षमता कम भयर हो या स्थानीय निकायको ध्यान नपुगेर हो घाम लागेको दिनमा मात्रै फोनले नेटवर्क दिने गरेको छ । जसका कारण स्थानियले भरपर्दो रुपमा सञ्चार सेवा उपयोग गर्न पाएका छैनन् ।

१४ हजार ५ सय २९ बढी जनसंख्या सञ्चार सेवाबाट बञ्चित भयका छन ।
घाम लागे मात्रै टेलिफोनको नटवर्क आउने गरेको छ । टेलिफोनका टावर भए पनि घाम लागेको समयमा मात्रै नेटवर्क आउने गरेको छ । घाम गएपछि र आकाशमा बादल भएपछि नेटवर्क हुँदैन ।

अहिले सबै सगं मोबाइट सेट भयपनि रोम्रो सगं फोनमा कुरा गर्न पायका छैनन्  । यो पालिकामा भयका टावर सबै वैकल्पिक ऊर्जा सोलार प्रणालीबाट सञ्चालित छन् । दुई वर्षदेखि सोलारका ब्याट्री फेरिएका छैनन् । सबै सोलार ब्याट्री डाउन भइसकेकाले घाम लागे मात्रै नेटवर्क आउने गरेको छ ।

हरेक दिन झन्डै १२ घन्टा सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन् ।  अहिले पनि एक गाउँबाट अर्काे गाउँमा खबर पु¥याउन मान्छे नै जानु पर्ने अवस्था छ । अहिले हिउँदको समय भनेको त झन नेटवर्क नभइ नहुने हो हिउदमा घरमा महिला र बालबच्चाहरु मात्र बस्छन सबै पुरुस हरु ब्यापरको लागी कोहि भारत र कोहि नेपालका ठुला सहर काठमाण्डौं र पोखरा लगायतका सहरमा जाने गरेका छन । उनिहरुले आफ्नो श्रीमान बुवा संग कुरा गर्न पायका छैनन् ।

राज्य पुनर्संरचनापछि गाउँमा ‘सिंहदरबार’ आयो भनेपनि हामीले त्यो अनुभुति गर्न पायका छैनौँ अहिले पनि २१ औँ शताब्दीको युगमा सञ्चार सेवाबाट बञ्चित भयका छम । हामीले स्थानीय सरकारलाई बारम्बार भन्दा पनि स्थानिय सरकारले ध्यान नदियको स्थानी बासिहरुको गुनासो छ ।

 

साताकाे चर्चित
सम्बन्धित