जुम्लाको कनकासुन्दरीमा फोरजीसहित टेलिफोन सेवा सञ्चालनमा
जुम्लाको कनकासुन्दरीमा फोरजीसहित टेलिफोन सेवा सञ्चालनमा
    • उमेश बुढा

    • ३ माघ २०८०, बुधबार

 जुम्ला ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ , ७ र ८ वडाका गाउँ बस्तीहरुमा फोरजीसहित टेलिफोन सेवा सञ्चालनमा आएको छ । बिराट दरबार नजिकै डाँडामा टावर सञ्चालनमा आएपछि कनकासुन्दरीमा फोरजीसहित सञ्चार सेवाको पहुँचमा आएको छ ।

वर्षौदेखि अलपत्र परेको बिराट टावर बुधबारदेखि सञ्चालनमा आएको हो । आधारभूत सेवाभित्र पर्ने सञ्चार सेवाबाट वर्षौदेखि वञ्चित हुँदै कनकासुन्दरीका नागरिक विराट टावर सञ्चालनमा आएपछि उत्साहित भएका छन् । यसले गर्दा सूचना र सञ्चारमा सहज भएको छ ।

सूचना र प्रविधिको युगमा पनि कनकासुन्दरीका वासिन्दा टावर नहुँदा सूचना आदानप्रदान गर्नबाट वञ्चित भएका थिए । संघ प्रदेशका सांसददेखि स्थानीय सरकारसँग फोरजीसहितको टेलिफोन सेवा विस्तारका लागि मागसमेत गर्दै आएका थिए ।

ढिलै भए पनि विराटमा रहेको नेपाल टेलिकमको टावर सञ्चालन आएसँगै वडा नम्बर ६ मा मात्र नभई कनकासुन्दरीका गाउँ वस्तीहरुमा सञ्चार सेवाको पहुँचमा पुगेको सोही वडा अध्यक्ष प्रेम पछाईले बताउनु भयो ।

विगत लामो समयदेखि टेलिफोन सेवा विद्युतको पोलमा जडान गरेर सञ्चालन गरेको थियो । विद्युतको पोलबाट काम चलाउ रुपमा गरिएको हो । यो सेवाले सूचना आदान प्रदानमा त्यति भरपर्दो र पारदर्शी भएको थिएन् । अहिले भने फोरजीसहित टेलिफोन सेवा भरपर्दो भएको छ ।

कनकासुन्दरीका लगभग सबै गाउँहरुमा फोरजीसहित टेलिफोन सेवाले काम गरेको स्थानीय वासीहरुको भनाई छ । अहिले घरभित्रैबाट आफन्तलाई प्रत्क्ष रुपमा भिडियो कल गरेर देख्न पाएका छौं , स्थानीय रुपसरा रावतले बताइन् ।

करिव ६ वर्षसम्म बनाउन लागेको टावर बन्न नसके पछि , सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । जति आलोचना भएको थियो त्यति अहिले सामाजिक सञ्जाल कर्ताहरु खुसीको भएको पाइन्छ ।

कनकासनुन्दरी वडा नम्बर ६ विराट दरबार नजिकै अवस्थित रहेको फोरजीसहित टेलिफोन सेवा रहेको छ । पालिका रहेको ठाउँ गोठिज्यूला बजारमा घरभित्र फोरजी सेवा खासै राम्रो चलेको छैन् भन्ने बुझिएको छ । बाहिर भने राम्रोसँग चलेको छ ।

साताकाे चर्चित
सम्बन्धित