सिँजामा टिनको टहरामै एक कोठाभित्र पाँच ओटा कार्यालय सञ्चालन
सिँजामा टिनको टहरामै एक कोठाभित्र पाँच ओटा कार्यालय सञ्चालन
    • उमेश बुढा

    • ४ माघ २०८०, बिहीबार

जुम्ला ।

सिँजागाउँपालि टिनको टहरामै एक कोठाभित्र पाँच ओटा शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।

कृषि विकास शाखा , पशु विकास शाखा , शिक्षा युवा तथा खेलकुद शाखा , महिला विकास शाखा र उद्योग विकास शाखा टिनको टहरामै कामकाज गर्दै आएका छन् ।

विगत साढे एक वर्ष यताबाट टिनको टहरामै शाखा कार्यालय चलाउदै आएको सिँजा गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत मित्रलाई धितालले भने , गाउँपालिकाको पक्की भवन निर्माण हुँदै गर्दा पक्की भवनमा कोठा नपुगे पछि यसरी टिनको टहरामा कार्यालय चलाएका हौं ।

 

गर्मी समयमा टिनभित्र पोल्छ भने जाडो महिनामा चिसोले सताउने भएको हुँदा काम गर्न कठिनाई भएको कर्मचारीहरु बताउछन् ।

यसरी हिउँदको महिनामा टिनको टहरामै सेवाग्राहीहरु आएको बेला चिसोले गर्दा समयमै काम गर्न सकिरहेका छैनौ। कार्यालय बाहिर आएर घाँममै बसेर काम गरेर पनि सेवा दिई रहेका छन् ।

कार्यालय भित्र कर्मचारीलाई तातो गरेर काम गर्नलाई हिटर चुलो वा अन्य उपाए इलोक्टोनिक्स चुलो पनि पालिकाले उपलब्ध गराएको देखिदैन ।

सिँजा गाउँपालिकाको कार्यालयको भवनको एक तला पुरा भएर दोस्रो तला ढलान भई सकेको छ । अबको केहि महिना भित्रैमा यसरी टिनको टहराको एकै कोठाभित्र समग्र शाखा कार्यालय नरहने पनि धितालले बताउनु भयो ।

साताकाे चर्चित
सम्बन्धित