ताक्लाकोटमा एक नेपालीको मृत्यु   
ताक्लाकोटमा एक नेपालीको मृत्यु   
    • बेल संचार

    • ४ माघ २०८०, बिहीबार

सिमकोट

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।

डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले राससलाई बताउनुभयो ।

हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिनुभयो ।

साताकाे चर्चित
सम्बन्धित