काठमाडौं ।
अफगानिस्तानमा दुर्घटना भएको एयर एम्बुलेन्समा सवार ६ जनामध्ये चार जना जीवितै फेला परेका छन् । अन्य दुई जनाको अवस्था थाहा हुन सकेको छैन ।
डेसल्ट फाल्कन (डिएफ-१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ-अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।
त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु-मेम्बरसहित कूल ६ जना थिए ।
मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार उक्त विमान अफगानिस्तानको हवाई क्षेत्रभित्र थिएन । तर प्राविधिक समस्याका कारण त्यसले आफ्नो बाटो बदलेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अफगानिस्तान सरकारले जनाएको छ ।