काठमाडौं ।
डार्विन नुनेज र डिएगो जोटले दुई दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ ।
लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए । यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए ।
जितपछि शीर्ष स्थानको लिभरपुलले म्यानचेष्टर सिटी, आर्सनल र एस्टन भिल्लामाथि पाँच अंकको अग्रता बनाएको छ । २१ खेलबाट लिभरपुलले ४८ अंक जोडेको छ ।