काठमाडौं ।
नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध आफ्ना शीर्ष पाँच विकेट गुमाएको छ ।
बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २७ ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको छ । विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।
ओपनर अर्जुन कुमाल अहमद हसनको पाँचौं ओभरको दोस्रो बलमा ६ रनमा बोल्ड आउट भएका थिए । त्यसपछि आएका आकाश त्रिपाठी अहमद हसनको बलमा ६ रनमै क्याच हुँदै पेभेलिएन फर्किए ।
उत्तमथापा मगर स्पिनर अफरत मिन्हासको बलमा एज लागेर ४ रनमा क्याच आउट भएपछि नेपाल २१ ओभरमा ८५–४ को अवस्थामा पुगेको थियो ।