जुम्ला ।
कनकासुन्दरी गाउँपालिका ६ ओटा वडामा निमित्त २ जना सचिवले काम गर्दै आएका छन् ।
वडा नम्बर २ ,३ र ४ मा बम बहादुर रावत निमितको रुपका कार्य गर्दै आउनु भएको छ । उनि वडा नम्बर २ को सचिव हुन भने , अन्य वडाको निमित्तको रुपमा कार्य चलाएका छन् ।
त्यस्तै गरि वडा नम्बर ६ , ७ र ८ वडामा कल बहादुर बुढाले निमित्त भएर चलाएका छन् भने , उनि वडा नम्बर ८ का सचिव हुन् ।
यसरि निमित्तले काम चलाउनु भनेको सेवाग्राहीहरुले शन्तोषजन सेवा नपाउनु हो । एउटै वडामा एक सचिव हुँदा त सेवा राम्रो पाउन सकेका छैनन् भने ,३ वटा वडा चलाउदा सचिवलाई पनि काममा भार पर्नु र सेवाग्राहीले समयमा सेवा नपाउनु हो ।
वडा नम्बर १ को पनि एक हप्ता अगाडि निमित्त भएर ४ वटा वडा एक्लै चलाएको हुँ रावतले बताउनु भयो । अहिले वडा १ का सचिव हरि वहादुर बुढा आफ्नो वडामा हाजिरी भए पछि अहिले ३ वडा मात्र चलाएको पनि रावतले बताए ।
कल वहादुर बुढा भन्नु हुन्छ , वडा नम्बर ६ , ७ र ८ मा प्रमुख प्रशासकीय अधिकृत टेक वहादुर शाहीले मौखिक रुपमा ३ वडा चलाउनु पर्छ भने पछि महिले अहिले यिनि वडाको काम गर्दै आएको बुढाले बताए ।
वडा नम्बर ४ का सचिव कृष्णविक्रम आचार्य उनिकी श्रिमती विरनमी भए पछि उपचारको लागि गएको र निमित्त रावतलाई दिनु भएको छ । त्यस्तै गरि वडा ३ का सचिव जय वहादुर बुढा घर विदामा जानु भएको छ । भने वडा १ का सचिव हरि बुढा र ५ का सचिव हिमाली भण्डारी अहिले कार्यालयमा छन् । अन्य वडाका सचिव के कामको लागि बाहिर जानु भएको हो खुलासा हुन सकेको छैन् ।
यसरी वडामा निमित्त सचिवले काम गर्दै सचिवलाई कामको भार परेको देखिन्छ र सेवाहीहरुले सेवा लिनु पर्ने समयमा पाउन सकेका छैनन् ।