सिँजामा भेडी गोठाला गएकी किशोरी बेपत्ता
सिँजामा भेडी गोठाला गएकी किशोरी बेपत्ता
    • उमेश बुढा

    • १७ माघ २०८०, बुधबार

जुम्ला ।

सिँजा गाउँपालिका वडा नम्बर ६ स्थित जोडू गाउँकी किशोरी भेडी गोठाला गएको बेला बेपता भएकी छन् ।

सोही वडा बस्ने अन्दाजी १४ वर्षीय रमिशा बुढा भेडी गोठाला गएको माघ महिनाको ११ गतेबाट बेपता भए पछि माघ १७ गतेसम्म आफन्तको सम्पर्कमा छैनन् ।

उनकी आमा बिस्नकली बुढाका अनुससार दुई छोरी भेडा चराउन गएको बेला सिँजा ५ गोरा गाउँ र जोडू भाड्गाउँको सिमानामा पर्ने गडालीगाड भन्ने ठाउँमा छोरीले भेडा चराउँदै गर्दा गोरा गाउँबाट महिलाहरु आएर खसी खोसेर लिएपछि छोरी बेपता भएकी हो । दिउँसो रक्छिदै , तान्दै खसी लिदिए पछि बेलुका पख चरन क्षेत्रबाट भेडीगोठ ल्याएर भेडा हुलेर रमिशाले बहिनीलाई घर नजाउँ भेडो लगिसके मत जाँदैन भने पछि बहिनी एक्लै घर आएकी आमाले बताइन् ।

हाम्रो वनमा किन भेडा चराएको हो , हामीले रोकथाम गरेका छौ । भनेर गोरा गाउँकी  वडा नम्बर ५ की महिला सदस्य पाल्ति रावलले भनिन् र किशोरीकी आमालाई अघिल्लो दिनमा हाम्रो वनमा भेडा नचराउनु हेला भनेर अघिल्लो दिनमा सुझाव दिएको र भोली पल्ट खसी खोसेर ल्याएको रावलले बताइन् ।

बिस्नकली बुढाकी छोरी कतै पनि बेपता नभएको उसले अहिलेसम्म लुकाएर राखेकी छ , खसी लिएको झोकमा हामीलाई प्रहरी चौकी गरेर दुख दिने काम गरेको गोरा गाउँकी अघुवा वा वडा सदस्य पाल्ति रावलको भनाइ छ ।

प्रहरी चौकी शनिगाउँका अनुसार १४ गते बेलुका छोरी बेपत्ता भएको भनेर आफन्तले प्रहरी चौकीमा खबर गराएका थिए । १५ गते खोजीतलासी र हुलिया समेत काटेको प्रहरी चौकीका इन्चार्ज सुरेश भट्टले बताए ।

१६ गतेका दिन स्थानीय वासी र प्रहरी चौकी शनिगाउँबाट किशोरीले भेडा चराउन लिएको वनजङ्गलमा गएर खोजी गरेको तर किशोरी कतै पनि नभेटिको इन्चार्ज भट्टले बताए ।

सोही घटनामा सङ्लन वडा सदस्य पाल्ति रावलको कमानमा खसि खोसेर लिएको बेपता भएकी किशोरीकी आमाको भनाई छ ।

वडा सदस्य रावल भन्नु हन्छ , खसी लिएको झोकमा छोरी लुकाएर राखेर हामीलाई कानुनमा फसाउन खोजेको उनको दाबी छ ।

आफन्त , इष्टमित्रको घरमा छोरीलाई खोजिसकेका छौ । वनजङ्गमा प्रहरीको टोलीसमेत गएर खोज्दा छोरीलाई भेटाउन सकेका छैनन् रुदै भनिन् । अब जिल्ला प्रहरी कार्यालयमा जानलाई बाटोमा हिडिरहेकी छु ।
अहिले खसि भन्ने गोरा गाउँम‌ै छ ,छोरीलाई खोज्दै खानाखान पनि पाएकी छैन् खसी ल्याउन जाने समय कसरी मिल्थ्यो छोरीकै चिन्तामा छु ।

साताकाे चर्चित
सम्बन्धित