नेपालले पहिलो विकेट गुमायो बंगलादेशविरुद्ध
नेपालले पहिलो विकेट गुमायो बंगलादेशविरुद्ध
    • बेल संचार

    • १७ माघ २०८०, बुधबार

काठमाडौं ।

नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् ।

विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् ।

कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २० रन बनाएको छ ।

नेपालका ओपनर अर्जुन कुमाल १२ बलमा २ चौकासहित १० र आकाश त्रिपाठी शून्यमा क्रिजमा छन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ ।

पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेञ्चमा राखेको छ ।

साताकाे चर्चित
सम्बन्धित