काठमाडौँ ।
सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दैछन् ।
सभामुखको सचिवालयका अनुसार संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ २२ गतेबाट सुरु हुँदैछ ।
सभामुखले यसपटकदेखि संसदीय क्यालेन्डर लागू गर्ने तयारी गरेका छन् ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग संसदको बजेट लगायतका विषयमा छलफल गर्न लागिएको हो ।