काठमाडौं ।
राष्ट्रिय सभाको आगामी हिउँदे अधिबेशनका लागि २०८० माघ र फागुन महिनाको संभावित कार्यतालिका स्वीकृत भएको छ ।
आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले महिनाको संभावित कार्यतालिका स्वीकृत गरेको हो ।
संसदको आउने अधिबेशनमा सरकारले कतिवटा, के कस्ता बिद्येयक दर्ता गराउने हो सो बिषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनु भन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।