सिँजामा १० दिने अचार तथा आलु चिप्स बनाउने तालिम सम्पन्न
सिँजामा १० दिने अचार तथा आलु चिप्स बनाउने तालिम सम्पन्न

फाेटाे फिचर

    • उमेश बुढा

    • २३ माघ २०८०, मंगलवार

 

जुम्ला ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यायल जुम्लाले सिँजा गाउँपालिकामा १० दिने अचार तथा आलु चिप्स बनाउने तालिम दिएको हो ।

सिँजा गाउँपालिकाकी १० जना महिलालाई अचार र आलुको चिप्स बनाउने तालिम दिएको छ ।

दुर्गम पिछडिएको क्षेत्रमा पछाडि परेकी महिलाहरुलाई अर्गानिक उत्पादन वस्तुबाट विभिन्न प्रकारका अचार बनाएर व्यवसायी रुपमा अगाडि बढाएर आर्थिक आय आर्जन गरेर जीविकोपार्जनका लागि यो तालिम दिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका निमित प्रमुख युवराज न्यौपानेले बताउनु भयो ।

हाम्रो जुनसुकै तालिममा महिलाको ६० प्रतिशत सहभागीतामा तालिम सञ्चालन हने गर्छ न्यौपानेले भने , आर्थिक भन्दा पनि महिलाहरूले सिप सिक्नमा जोड दिएकाछौँ ।

मासु , तितेकरेला , चोतो , मुला , गाजर लगायतका वस्तुबाट अचार बनाउन सिक्न पाउँदा खुसी भएको छु , मायाँ रावलले भनिन् अहिले जुनसुकै तालिममा पनि भत्ताको पछि लाग्छन् तर पहिला आफूले सिप सिके पछि आर्थिकको कुनै चिन्ता नहुँने उनले बताइन् ।

यस भन्दा अगाडि यि व्यक्तिलाई पनि उद्यमशिल्ता तालिम दिएको थियो । महिलाहरुको जीवनमा परिवर्तन ल्याउनको लागि यि तालिम दिएको छ । यस तालिमबाट महिलाले साना उद्योग खोलेर पनि अचार बनाएर बिक्रीवितरण गर्न सक्नेछन् ।

यो तालिम सिकेर उद्योमी बन्ने महिलाहरुलाई सिजा गाउँपालिकाले सक्दो सहयोग गर्न पछि नहट्ने पनि प्रमुख प्रशासकिय अधिकृत पवित्रा शाहीले बताउनु भयो ।

तालिमा अचार र चिप्स बनाउनको लागि केहि आवश्यक औजार समेत दिएको छ । १० दिने तालिमको सम्पन्न भएको छ ।

साताकाे चर्चित
सम्बन्धित