काठमाडौं ।
क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५८ रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे ।