काठमाडौं ।
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणीमा ७७८ जना शिक्षक माग गरेको छ । आयोगले देशभरका लागि विभिन्न ९ वटा विषयको ७७८ विषय शिक्षकको लागि विज्ञापन खुला गरेको हो ।
आयोगले नेपाली विषयको ११७ रिक्त पदको लागि, अंग्रेजी विषयकको लागि १७६ रिक्त पदको लागि, गणित विषयको लागि १२८ रिक्त पदको लागि विज्ञापन गरेको छ ।
आयोगले सामान्य तर्फको लिखित परीक्षा आगामी ८ वैशाख सञ्चालन गर्ने जनाएको छ ।