काठमाडौं ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा लगातार विकेट गुमाएपछि नेपाल संकटमा परेको छ ।
नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर मात्र ७३ रन बनाएको छ । छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका हुन् ।
यसअघि १९.५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए । मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन् ।
यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।
एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।
ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।