काठमाडौं ।
प्रतिनिधि सभाको इलाम क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरिएको हो ।
इलाम क्षेत्र-२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।
सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।