काठमाडौं ।
आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।
चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए । गेभिन होइले ६ बलमा २ छक्कासहित १८ रन जोडे ।
नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १/१ विकेट लिए ।