जुम्ला ।
आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको सिँजा गाउँपालिका स्तरिय अन्तिम नतिजा कम मात्रामा विद्यार्थी उत्तिर्ण भए पछि चिन्ताजनक भएको छ ।
२०८० साल चैत २ गतेदेखि ९ गते सम्म सञ्चालन भएको सिँजा गाउँपालिका स्तरिय आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको अन्तिम नतिजा शिक्षा युवा तथा खेलकुद शाखाले चैत २३ गते प्रकाशन गरेको थियो ।
मालिका माध्यमिक विद्यालय धापामा ६४ जना मध्ये २५ जना उत्तीर्ण १३ जना ग्रेडवृद्दि , भैरव माध्यमिक विद्यालय नराकोट २८ जना मध्ये ४ जना उत्तीर्ण ७ जना ग्रेडवृद्धि , शारदा आधारभूत विद्यालय गाडापानी २२ जना मध्ये १ जना उत्तीर्ण २ जना ग्रेडवृद्धि , माध्यमिक विद्यालय चुलेलगाउँ २७ जना मध्ये ४ जना उत्तीर्ण ७ जना ग्रेडवृद्धि , फुटाशिली आधारभूत विद्यालय धिताललिही १० जना मध्ये ६ जना उत्तीर्ण २ जना ग्रेड वृद्धि , महादेव माध्यमिक विद्यालय गोठिपिंगी १९ जना मध्ये कुनै पनि उत्तीर्ण हुन सकेको छैन १ जना ग्रेड वृद्धि , कालिका आधारभूत विद्यालय गोरा २१ जना मध्ये कुनै पनि उत्तीर्ण हुन सकेका छैनन् १ जना ग्रेड वृद्धि , कैलाश माध्यमिक विद्यालय फुग्र मा ३६ जना मध्ये १ जना उत्तीर्ण ५ जना ग्रेड वृद्धि , जनज्योति आवि रुगामा ४ जना मध्ये कुनै पनि उत्तीर्ण हुन सकेनन् १ जना भने ग्रेड वृद्धि , माध्यमिक विद्यालय जोडूमा २२ जना मध्ये २ जना उत्तीर्ण ४ जना ग्रेड वृद्धि , देउती आवि भाड्गाउँमा १० जना मध्ये कुनै पनि उत्तीर्ण र ग्रेड वृद्धि भएका छैनन् र केदारनाथ आधारभूत विद्यालय बारेमा ११ जना विद्यार्थी मध्ये ३ जना उत्तीर्ण भएका छन् भने ४ जना ग्रेड वृद्धि परिक्षाको लागि पुगेका छन् ।
सिँजा गाउँपालिका भित्र कक्षा ८ को वार्षिक परिक्षामा सहभागी २७४ जना विद्यार्थी मध्ये ४६ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् भने , ४७ जना ग्रेडवृद्धि परिक्षामा पुगेका छन् ।
त्यस्तै गरि देउती आधारभूत विद्यालय भाड्गाउँ, जनज्योति आधारभूत विद्यालय रुगा , कालिका आधारभूत विद्यालय गोरा र महादेव माध्यमिक विद्यालय गोठिपिंगी यि चार वटा विद्यायलमा एक जना पनि विद्यार्थी पास हुन सकेका छैनन् ।
६३ साल पछिकै कडा मूल्यांकन हो । यो सालको कक्षा ८ को पालिका स्तरिय अन्तिम नतिजा सिँजा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले प्रकाशन गरेको शिक्षा अधिकृत शंकर धितालले जानकारी दिनुभयो ।
धितालले भने , शिक्षा शाखाले परिक्षा र मूल्यांकन मात्र कडा गरेर कम विद्यार्थी उत्तिर्ण गरेको होइन । समय समयमा विद्यालयमा शिक्षा शाखा पुगेर पढ्न पाढन के कस्तो भइरहेको छ , भनेर अनुभमन देखि लिएर विद्यालयमा पढाई कडा गरेको हो ।
शिक्षा क्षेत्रका चिटको भरमा पास हुने र वार्षिक परिक्षाको नतिजा हेर्दा १००५ विद्यार्थी उत्तीर्णले गर्दा एसईईमा ठेस लाग्ने गरेको र माथिलो कक्षामा उत्तीर्ण हुन नसकेर विद्यालय छोड्ने समस्याले गर्दा अहिले सिँजा गाउँपालिका शिक्षा शाखाले पढाइ , परिक्षा र मूल्यांकन कडाइ गरेको पनि धितालले बताए ।
अर्को तर्फ सामाजिक सञ्जाल फेसबुकमा सिजा गाउँपालिकामा कम विद्यार्थी उत्तिर्ण हुनु भनेको पहिलो शिक्षकको कमजोरी र पालिकाको कमजोरीले गर्दा कम मात्रमामा विद्यार्थी पास भएका हुन भने व्यापक आलोचना गरेको देखिन्छ ।
शिक्षामा यो ठुलो समस्या देखिए पछि यसलाई न्युनिकरण गर्न विद्यालय प्रति आस्थावान सबैले सोच्न जरुरी देखिएको छ ।
जब विद्यालयमा विद्यार्थी पढ्न आउछन् त्यतिबेला शिक्षक आउदैनन् । शिक्षक विद्यालयमा सबै आउछन् विद्यार्थी पढ्न आउदैन् । यो समस्या भनेको शिक्षक मंसिरमा तराई झर्छन् सबैमा विद्यालयमा पुग्दैनन् । जेठ भन्दा पछाडि कार्तिक सम्म मेला वर्वले र कामले गर्दा विद्यार्थी पढ्न विद्यालयमा कम उपस्थिति हुनाले पनि नतिजामा कम आएको हो ।
कम विद्यार्थी उत्तीर्ण हुनु भनेको शिक्षकको मात्र कमजोरी हुन सक्दैन , यसमा शिक्षक , विद्यालय व्यवस्थापन समिति , अभिभावक , विद्यार्थी , सम्बन्धित पक्षसँग जोडिएको शिक्षा शाखा र पालिका जनप्रतिनिधिहरुको लाफर्वाहीले गर्दा सिँजा गाउँपालिकामा कम विद्यार्थी उत्तीर्ण भएको ठहर छ ।