सिँजामा पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न
सिँजामा पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न
    • उमेश बुढा

    • ३० बैशाख २०८१, आईतवार

जुम्ला ।

सिँजा गाउँपालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणाा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सिँजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र प्लान इन्टरनेशनल नेपाल जुम्लाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागीता पूर्णखोप सुनिश्चित हाम्रो प्रतिवद्वाता भने , नाराका साथ खोप निशुल्क पाइन्छ , खोप सुरक्षित छ र खोप जिवनको रक्षा कार्यक्रमको व्यानरमा प्रस्तुत गरिएको छ ।

हाल खोप पाइरहेका ० देखि १५ महिना सम्मका बालबालिको लिने लिस्तिन्स को समायोजन प्रतिवेदन अनुसार वडा नम्बर १ देखि सम्मका दुई सय एक्चालिस बालबालिकाले पूर्णखोप प्राप्त गरेका बच्चाको सङ्ख्या रहेको छ । भने , १६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको पूर्णखोपको समायोजन प्रतिवेदनमा सात सय चालिस बालबालिकाहरुले पूर्णखोप लगाएका छन् ।

उक्त कार्यक्रमको स्थानीय बाजागाजा र र्‍याली गर्दै नराकोट बजार परिक्रमा गरेर पालिकाको कार्यालय अगाडि औपचारिक रुपमा कार्यक्रम उद्घाटन पालिका अध्यक्ष पूर्ण प्रसाद धिताले गरेका हुन । भने , महिला स्वयंसेवकाहरुले मागल गाएर उद्घाटन गरिएको थियो ।

धितालका अनुसार हाम्रो सिँजाको स्वास्थ्य शाखाले कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्लामा पटक पटक पहिलो भएकोमा गौरव ठान्दछु ।

सिँजा गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका वडा वासीहरुलाई साक्षी राखी जनप्रतिनिधि , स्वास्थ्य कर्मी कर्मचारी , संघ संस्था प्रतिनिधि , वुद्दिजिवी , विद्यार्थी , राजनीतिक दलका प्रतिनिधि लगायतले खोपबाट वञ्चित हुन दिने छौनौं । भनेर प्रतिवद्दता जाहेर गरेर हस्ताक्षण गरेका छन् ।

पूर्णखोप सुनिश्चिततालाई दिगोपना राख्नको लागि स्वास्थ्य क्षेत्रका सम्पुर्ण टिम लागि पर्ने र कुनै पनि बालबालिका खोपबाट छुटाउन दिने छैनौं र कार्यक्रममा सहभागी हुने सम्पुर्णलाई धन्वाद सिँजा पालिका स्वास्थ्य शाखा प्रमुख ललित जङ रोकायाले दिनु भएको थियो ।

सो कार्यक्रममा स्वास्थ्य संस्थाका कर्मचारीले देउडा खेल र विभिन्न नाचगानले कार्यक्रमको शोभा दिएका थिए ।

साताकाे चर्चित
सम्बन्धित