हिलो मुक्त हुँदैछन् ,गाउँहरु
हिलो मुक्त हुँदैछन् ,गाउँहरु
    • उमेश बुढा 

    • ३० जेष्ठ २०८१, बुधबार

 

जुम्ला ।

कनकासुन्दरी गाउँपालिकामा गाउँहरु हिलो मुक्त हुँदैछन् ।

प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमले आर्थिक वर्ष २०८० र ०८१ को बजेटबाट कनकासुन्दरीका ८ वटा वडाहरुमा हिलो मुक्त गाउँहरु बनाउँदै आइरहेको छ ।

कनकासुन्दरीमा गाउँहरु एक आपस जोडिएका घरहरु छन् । जहाँ हिड्ने बाटाहरु हिउँद र वर्खा समयमा हिलाम्मे हुने गर्थे । अहिले रोजगार कार्यक्रमले हाम्रो गाउँमा पि सि जि बाटो बनाए पछि हिलो भएको छैन् । स्थानीय धनरुपा बुढाले बताइन् ।

बुढाका अनुसार पि सि जि बाटो भए देखि हामीलाई गाउँभित्र र गाउँभन्दा बाहिर जानलाई खुट्टामा हिलै नलागेर आवतजावत गर्न एकदमै सजिलो भएको छ ।

कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेका अनुसार जहाँ स्थानीय सरकार , प्रदेश सरकार र संघ सरकार नपुगेको ठाउँमा पनि कनकासुन्दरीका गाउँ वस्ती टोलहरुमा रोजगार कार्यक्रम पुगेको छ ।

व्यरोजगार युवा युवतीहरुलाई रोजगार दिदै आ ( आफ्ना टोल वस्तीहरुमा बाटाघाटाहरु हिलो मुक्त बनाएका छन् । जसरी मुख्यमन्त्री र प्रधानमन्त्रीको कार्यक्रमले कनकासुन्दरीमा भौतिक विकास गरेको छ । त्यसरी सरकारले पनि कार्य गरे पछि कनकासुन्दरीका गाउँहरु मात्र हिलो मुक्त होइनन् देशभरमा विकासले कायापलाट हुने देखिएको छ ।

वडा नम्बर ५ को सिम्पाटा बाटो निर्माण ,वडा ८ मा आलाघट्टबाट ड्वाल्याकुलाको बाँधसम्म बाटो निर्माण , वडा नम्बर ७ मा आलाघट्ट देखि चौतारा हुँदै देहारपाटासम्म पि सि सि बाटो निर्माण , वडा नम्बर ६ दाँतेओखर चाम्ड्खालबाट गोरुचौरसम्म पि सि सि बाटो निर्माण , वडा नम्बर ३ मा ओखरपाटा पि सि सि बाटो निर्माण , वडा नम्बर २ मा घट्टेखोला देखि जिगंले काँधसम्म घोरेटो बाटो वडा नम्बर १ मर्फान गाउँ बाटो,वडा नम्बर ६ को लाहार्जमा मन्दिर निमार्ण , वडा नम्बर ७ मा कालिका मन्दिर निर्माण तल्लो रानिसैन , वडा नम्बर ५ को बडुवालबाडा तटबन्ध निर्माण र वडा नम्बर ४ मा निलग्रा दैते चौर तटबन्धन लगायतका प्रधानमन्त्री रोजगारका सबै कामहरु सम्पन्न भई भुक्तानी लिइसकेको न्यौपानेले बताउनु भयो ।

प्रधानमन्त्री रोजगारका १२ वटा योजना सम्पन्न भएका र मुख्यमन्त्री रोजगार कार्यक्रमका ८ वटा योजना मध्ये ४ वटा योजना सम्पन्न भई भुक्तानी लिइसकेको र अरु ४ वटा योजनाहरु ९५ प्रतिश काम भइरहेको छ । यो आर्थिक वर्ष अगाबै सबै काम सम्पन हुने र भुक्तानी पनि हुने भएको न्यौपानेले बताए ।

आर्थिक वर्ष २०८० र ०८१ को मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ९० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६५ लाख ९६ हजारको यि योजानाहरु निर्माण भएका छन् ।

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेटले कनकासुन्दरीका युवा युवतीहरुको जीवनमा टेवा पुर्‍याएको छ । यसले गर्दा युवाहरु स्वदेशमै आय आर्जन गरेका छन् । सरकारले अन्य विकास ल्याएनु भन्दा अझै आउँदो आर्थिक वर्षमा रोजगारमा बढी बजेट छुटाउन युवाहरुको माग रहेको छ । यसले गर्दा एक त रोजगार पाउने अर्को तर्फ विकासमा पनि राम्रो गुणस्तरीय र दृर्घकालिन विकास हुने देखिएको छ ।

कनकासन्दरीमा हिलो मुक्त गाउँहरु मात्र नभई मठमन्दिर , भवन , तटबन्धन लगायतका भौतिक विकासमा रोजगार कार्यक्रमले जनतामुखी कार्य गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित