शेखर कोइराला : मुलुकको विकासमा सबै एकजुट हुनुपर्छ
शेखर कोइराला : मुलुकको विकासमा सबै एकजुट हुनुपर्छ
    • बेल संचार

    • ३२ जेष्ठ २०८१, शुक्रबार

जनकपुरधाम।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो । मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्ने उनले बताए ।नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आग्रह गरे ।

‘कसैप्रति भेद्‌भाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ,’ उनले भने ।

अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

साताकाे चर्चित
सम्बन्धित