नेकपा माओवादी केन्द्रका सांसद शर्मा : १ लाखका योजनाले संघीयताको उपहास भयो
नेकपा माओवादी केन्द्रका सांसद शर्मा : १ लाखका योजनाले संघीयताको उपहास भयो
    • Bell Sanchar

    • ३२ जेष्ठ २०८१, शुक्रबार

 काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले केन्द्र सरकारले राखेका साना योजनाले संघीयताको उपहास गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहेका शर्माले १ लाख, ५ लाखका साना योजना संघीय सरकारले राख्दा संघीयताको उपहास भएको बताएका हुन् ।

उनले भने, ‘बजेट विनियोजन गर्दा संघका मन्त्रीहरूले प्रदेश र स्थानीय सरकार पनि छ भन्ने कुरा नर्बिसन म आग्रह गर्दछु ।’

शर्माले संघीय सरकारको मन्त्री भएपछि केन्द्रिकृत मनोभावनाले ग्रसित हुन नहुने धारणा राखे । उनले साना योजनाहरू प्रदेश र स्थानीय तहलाई दिएर विकासलाई दिगो र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।सांसद शर्माले सरकार निर्माण गर्ने बजेट पुरानै अवस्थामा रहेको भन्दै सुधार गर्न आवश्यक रहेको सुझाव दिएका छन् । उनले भने, ‘कुनै परिणाम नदिने योे छलफलको पनि खासै आवश्यकता देख्दिनँ ।’

साताकाे चर्चित
सम्बन्धित