नेपालले लगातार दुई विकेट गुमायाे
नेपालले लगातार दुई विकेट गुमायाे
    • बेल संचार

    • १ असार २०८१, शनिबार

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले लगातार दुई विकेट गुमाएको छ ।

११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको हो ।

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले लगातार दुई विकेट गुमाएको छ ।

११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको हो ।

नेपालमा ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल आउट भए । २१ बल खेलेका भुर्तेल १३ रन बनाएर आउट भए भने कप्तान पौडेल शून्यमै आउट भए ।

अहिले आशिफ शेख र अनिल शाह क्रिजमा छन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३ रन बनाए । ट्रिस्टन्स स्टुब्सले २७, आडन माक्रमले १५ रन बनाए । क्वीनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट भए ।

ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए ।

४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए । त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा शनिबार बिहान नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्का विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए ।

साताकाे चर्चित
सम्बन्धित