जीवराज ढकाल निर्वाचित, नेपाल वित्तीय संस्था कर्मचारी संघमा
जीवराज ढकाल निर्वाचित, नेपाल वित्तीय संस्था कर्मचारी संघमा
    • Bell Sanchar

    • २ असार २०८१, शनिबार

काठमाडौँ

नेपाली कांग्रेस सम्बद्ध कर्मचारीहरुको सो संगठनको महाधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघको अध्यक्षमा जीवराज ढकाल निर्वाचित भएका छन् ।

३९ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बद्री आचार्य , उपाध्यक्षमा किशन पण्डित , विज्ञान देवकोटा र दिपक ओली , महिला उपाध्यक्षमा रमा पराजुली , मधेशी उपाध्यक्षमा ललन कुमार साह र आदिवासी जनजाति उपाध्यक्षमा सन्दिप श्रेष्ठ‍ निर्वाचन भएका छन् ।

त्यस्तै, महासचिवमा रमेश पौडेल, उपमहासचिवमा सुवास केशी, कोषाध्यक्षमा पदमदत्त जोशी निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित संस्थापनइत्तर पक्षका उम्मेदवार ढकालले १७१ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र विष्टले १२५ मत पाए । हाल नेपाल बैंक लिमिटेडमा करिब तीन हजार कर्मचारी कार्यरत छन् ।

 

साताकाे चर्चित
सम्बन्धित