हिमा १ ले बालविवाह मुक्त घोषणा गर्‍यो
हिमा १ ले बालविवाह मुक्त घोषणा गर्‍यो
    • उमेश बुढा

    • २ असार २०८१, आईतवार

 जुम्ला ।

हिमा गाउँपालिका वडा नम्बर १ ले बालविवाह मुक्त घोषणा शनिवार गरेको छ ।

बालविवाह मुक्त घोषणा देखि सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना वडा घोषणा भएको छ । जुम्लामा अन्य दुई वटा गाउँपालिकामा पनि बालविवाह मुक्त घोषणा पछिको तेस्रो वडाका रुपमा हिमा गाउँपालिका वडा नम्बर १ लाई बालविवाह मुक्त घोषणा गरिएको हो । भने, यसैगरी विद्यालय, समुदायका सबै बालबालिका विद्यालयको पहँचमा पुगेको विद्यालय भन्दा बाहिर नरहेको र सुनिश्चितता भएपछि शत प्रतिशत विद्यार्थी भर्ना वडाका रुपमा समेत घोषणा गरिएको छ ।

विहेवारी २० वर्ष पारी, हामी सबैको ऐक्यबद्धता बालविवाह मुक्त हिमा गाउँपालिका प्रतिबद्धता भने नाराका साथ हिमा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, संघसंस्था प्रतिनिधि, अभिभावक विद्यार्थी, पत्रकार र सुरक्षा कर्मीको उपस्थितिमा नाचगान, बाजागाजाले बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।

उक्त कार्यक्रमको साझेदारी प्लान इन्टरनेशनल नेपालफे गरेको थियो । भने, समन्वय पेस नेपाल, क्याड नेपाल रहेको र आयोजक भने हिमा गाउँपालिका वडा नम्बर १ ले गरेको थियो ।

शनिवार आयोजित एक विशेष समारोहका बिच गाउँपालिका महासंघका केन्द्रिय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बालविवाह मुक्त र शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा गरेका हुन । सरकारले सन २०३० सम्म नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । सोहि लक्ष्य अनुसार हिमाको निन्तर प्रयास र प्लानको सहयोगमा क्याड नेपाल र पेस नेपालको प्राविधिक सहयोगमा हिमा १ पहिलो बालपिवाह मुक्त वडा घोषणा गरिको छ ।

बालविवाह गर्नाले पठनपाठनमा समस्या र कयौंको विवाह पछि सम्बन्ध बिग्रेको उदाहरणहरु गाउँठाउँमा सबैले देखेका छौ । अव हिमा गाउँपालिकामा यस्तो कार्य हुने छैन । वडा १ को बालविवाह मुक्त घोषणा गर्नमा वडा १ का अध्यक्ष रतन शाहीले धेरै मिहिनेत र प्रयासका साथ घोषणा गर्न सफल हुनु भएको पालिका अध्यक्ष शाहीले बताए ।

महिला तथा बालबालिका शाखा प्रमुख राज्लक्ष्मी रावलले कार्यक्रममा आउने पाहुनाहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीका अनुसार अब बालविवाह मुक्त वडा त घोषणा गरिए यस पछि यो वडामा बालविवाह गरेका घटनाका मुद्दा र सुन्न नआहोस् यस प्रथालाई हामी सबै मिलेर अन्त्य गर्नु पर्छ ।

शुरक्षाको तर्फबाट बालविवाह रोक्नको लागि हामी प्रहरीको तर्फबाट स्थानीय तहसँग साझेदारीता रहने कामतीले बताए ।

सो कार्यक्रमका सभा अध्यक्ष तथा हिमा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष रतन शाहीका अनुसार मेरो वडामा बालविवाह मुक्त घोषणा कार्यक्रम गरेर देखावटी मात्र होइन यस वडामा पर्ने कुनै पनि गाउँमा बालविवाह हुने छैन र सुन्न र देख्न कसैले पाउने छैनन् ।

बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा आएर कार्यक्रमफाई भव्यसव्य रुपमा सम्पन्न पार्नु हुने अथिति पाहुनाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो वडा अध्यक्ष शाहीले ।

साताकाे चर्चित
सम्बन्धित